विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङको बिभिन्न मितिको फैसला अनुसार जवरजस्ती करणी मुद्दामा ९ बर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पथरीशनिश्चारे नगरपालिका -९ का ३१ बर्षीय मुकविर राई, जबरजस्ती करणी उद्योग मुद्दामा ३ बर्ष ५ महिना ३ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका - ४ का २५ बर्षीय मेघनाथ यादव, सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना १५ दिन कैद र ३२ हजार जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका – ५ का ४५ बर्षीय गरिव ऋषिदेव, र चोरी मुद्दामा २ महिना १० दिन कैद र २००० जरिवाना तोकिएका फरार प्रतिवादी सुनवर्षी नगरपालिका-९ का २३ बर्षीय लक्ष्मण मण्डल रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मोरङका बिभिन्न स्थानहरुबाट पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई सम्मानित मोरङ जिल्ला अदालत बुझाईएकोमा कैद भुक्तानको लागि मोरङ कारागार कार्यालय चलान भएका छन् ।