उदयपुर र मोरङबाट लागुऔषध सहित ४ जना पक्राउ

उदयपुर र मोरङबाट लागुऔषध सहित ४ जना पक्राउ

विराटनगर । उदयपुर र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार बेलुका करिब ७:३० बजे चौदण्डीगढी नगरपालिका-६ रातमाटे स्थितमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०५-००१ प १४०७ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका चौदण्डीगढी-६ बेल्टारका २९ वर्षीय अनिष काफ्ले र २५ बर्षीय कालु राईको साथबाट फेनारागन २८ एम्पुल, लिजेसिक २८ एम्पुल र डाईजेपाम २९ एम्पुल बरामद गरेको हो ।

यसै गरी मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितमा अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको बीआर ३८ भी ३२५१ नम्बरको मोटरसाईकलमा सवार रहेका भारत अररिया सोनामनीका कन्हैया कुमार ठाकुर र बिकाश ठाकुरलाई ३.०६ ग्राम प्रतिबन्धित ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका चारै जनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्