विपीका डाक्टर भेट्न आएकी महिलाको मृत्यु, डाक्टर पक्राउ

विपीका डाक्टर भेट्न आएकी महिलाको मृत्यु, डाक्टर पक्राउ

विराटनगर । डाक्टरलाई भेट्न आएकी महिलाको मृत्यु भएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । महिलाको मृत्यु शंकासपद भएपछि प्रहरीले डाक्टर करण यादवलाई पक्राउ गरेर अनुसन्धान थालेको हो ।

महिलाले डाक्टर यादवले खोजेर राखिदिएको गेष्ट हाउसको कोठामा झुन्डिएर आत्महत्याको प्रयास गरेकी थिइन । उनको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । बाराको कलैया माइती र रौतहटको पौरही ५ मा विवाह गरेकी २६ वर्षीय प्रकृति सुबेदी बिपीमा कार्यरत डाक्टर यादवलाई भेट्न मंगलबार

धरान आइपुगेकी थिइन् । उनलाई डाक्टर यादवले धरान १० स्थित जनहित गेस्ट हाउसमा कोठा बुक गरेर राखेका थिए ।
होटेलमा युवतीले ढोका नखोलेपछि डाक्टर यादवलाई खबर गरिएको थियो । डाक्टर यादवले ढोका खोलेर हेर्दा युवती तन्नाको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनलाई तत्काल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा भर्ना गरी उपचार भइरहेकोमा बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्