सुनसरीबाट अबैध लागुऔषध गाँजा सहित १ जना पक्राउ

सुनसरीबाट अबैध लागुऔषध गाँजा सहित १ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-५ बाट अबैध लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय रित बहादुर राईले संचाल गर्दै आएको किराना पसल खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको थियो ।

पसलबाट गाँजा बरामद भएसंगै संचालकलाई समेत पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्