भुटानी अगुवा डा.राईको निधन

<span class='c1'>भुटानी अगुवा</span> <span class='c2'>डा.राईको निधन</span>

दमक । भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ । दमक–५ मा बस्दै आउनुभएका ७२ वर्षीय राईकोे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो ।

डा.राई भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक हुनुहुन्थ्यो । राई पेटसम्बन्धी समस्याबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो । शनिबार दिउँसो मुटुको चालमा समस्या भएपछि उपचारका लागि उहाँलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको आफन्त ईन्द्र कुँवरले बताउनुभयो ।

डा.राईको शव आजै कमल–५ सीतापुरी उत्तरमा रहेको समाधिस्थलमा अन्त्येष्टि गरिने उहाँले बताउनुभयो । राई भुटानी राजाका कन्सलेन्टेन्ट सर्जनको रुपमा काम गर्नुहुन्थ्यो । सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उहाँ आफ्नै इच्छाले नेपाल आउनुभएको थियो । राईकी श्रीमती र बुबा–आमासहित नेपाल आउनुभएको थियो । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो ।

दुई वर्षअघि उहाँकी श्रीमती उर्मिलाको पनि निधन भएपछि डा राई डेरामा एक्लै बस्दै आउनुभएको थियो । गत जेठदेखि उहाँलाई नगरपालिकाले सम्मानस्वरुप दमकमा आजीवन बस्नेको व्यवस्था गरिदिएको थियो । सन् १९९० अघि एक लाख बढी भुटानीसगैँ शरणर्थी शिविर प्रवेश गरेका डा राईले शरणार्थीको निःशुल्क उपचार गर्दै आउनुभएको थियो ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्