बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु,१ जना घाईते

बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा  १ जनाको मृत्यु,१ जना घाईते

विराटनगर । मोरङको बेलबारी-११ स्थित पुर्व पश्चिम राजमार्गमा मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

सोमबार दिउँसो करिब १२ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ बेलबारी-१० का ३१ बर्षीय कुसुमलाल धिमाल र मोटरसाईलकमा सवार मोरङ पथरीशनिश्चचरे-६ का २८ बर्षीय रमेश धिमाल घाईते भएका थिए । दुर्घटनाबाट घाईते भएका उनीहरुको उपचारको लागी नोबेल अस्पताल विराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो ।

घटना बारेमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्