उदयपुरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

उदयपुरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-१३ स्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका करिब ६ बजे बेल्टारबाट गाईघाट तर्फ आउँदै गरेको बा.९ च ३८४६ नम्बरको बलेरो गाडी अनियन्त्रित भई भित्तामा ठोक्किई दुर्घटना हुँदा बलेरोमा सवार रहेका त्रियुगा नगरपालिका-१३ पोर्ता का ५२ बर्षीय कुमार बस्नेत घाईते भएका थिए । घाईते बस्नेतको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो । बलेरो र चालक स्थानीय ३७ बर्षीय ईन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको थियो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्