जर्बरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

जर्बरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

विराटनगर । सुनसरीको ईटहरी–९ का लतिव मिया भएको जवरजस्ती करणी मुद्दामा अदालतले आदेश गरेको २१ वर्षपछि पक्राउ परेका छन् । सुनसरी जिल्ला अदालतको लगत नं. १२४० को मुद्दा २०५८ साउन ५ गते आदेश भएको थियो ।

मियाँलाई दोषी ठहर गर्दै २ वर्ष ११ महिना १२ दिन थुनामा राख्ने फैसला भएको थियो । कैद बेरुजु भएका प्रतिवादी वारदात पश्चात फरार रहँदै आएका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई बिहीबार पक्राउ गरेको थियो । उनलाई आफ्नै घर भएको वडाबाट पक्राउ गरेर सुनसरी जिल्ला अदालतमा पेश गरिएको थियो । उनलाई पुर्पक्षको लागि काराबार पठाइएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्का अनुसार जवानीमा होस गुमाएर अपराध गरेको अभियुक्त लामो समयसम्म फरार रहँदै आएका थिए । उननलाई प्रहरीले खोजी सूचीमा राखेर निगरानी गरिरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्