पाँचथरकाे याङवरकका कृषकलाई हाते ट्र्याक्टर

<span class='c1'>पाँचथरकाे याङवरकका कृषकलाई</span> <span class='c2'>हाते ट्र्याक्टर</span>

पाँचथर । याङवरक गाउँपालिकाले कृषकलाई १७ थान हाते ट्र्याक्टर वितरण गरेको छ ।

कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाभित्रका कृषक समूह तथा सहकारीलाई हाते ट्र्याक्टर वितरण गरिएको हो । बिहीबार गाउँपालिकाको केन्द्र थर्पूमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भीमबहादुर (सुवास) योङयाले कृषक समूह तथा सहकारीका प्रतिनिधिलाई हाते ट्र्याक्टर हस्तान्तरण गर्नुभयो ।

कृषक समूह तथा सहकारीसँग गाउँपालिकाको ७० प्रतिशत लागत साझेदारी रकमबाट हाते ट्र्याक्टर वितरण गरिएको हो । रु १२ लाख ५८ हजारको लागतमा १७ थान ट्र्याक्टर खरिद गरी वितरण गरिएको गाउँपालिकाको कार्यालयले जनाएको छ । कृषि यान्त्रिकीकरणलाई सम्वद्र्धन गर्दै कृषिउपज उत्पादन बढाउन तथा कृषि कर्मलाई सहज बनाउन हाते ट्र्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष योङयाले बताउनुभयो । रासस

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्