खोटाङमा हजुरआमालाई कर्तब्य गरी हत्या गर्ने नाती पक्राउ

खोटाङमा हजुरआमालाई कर्तब्य गरी हत्या गर्ने नाती पक्राउ

विराटनगर । खोटाङको बाराहपोखरी गाउँपालिका-५ स्थित दुधकोशी नदीको बगरको खाल्डोमा संकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भए सगै कर्तब्य गरी हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-३ का २९ बर्षीय हरी भन्ने निर बहादुर खडका रहेका छन् । बैशाख ३१ गते दुधकोशी नदी किनारमा सडी गली सकेको संकास्पद अवस्थामा फेला परेको बेवारिसे महिलाको शवको पहिचान तथा अनुसन्धानको क्रममा खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानी खुट्टा घर भई हाल इटहरी उप-महानगरपालिका-१६ बालग्राम सुनसरीमा डेरा गरी बस्ने ७७ बर्षीया तुलसा खडका रहेको भन्ने खुल्न आए संगै हत्यामा संलग्न रहेका नाती निर बहादुर खडकालाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

हजुरआमाको कर्तब्य गरी मारी भागी फरार रहेका खडकालाई १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा स्थित नेपाल भारत सिमा क्षेत्रमा लुकीछिपि बसिरहेको अवस्थामा असार ८ गते बिहान पक्राउ गरेको हो । पक्राउ परेका खडकाले हजुरआमा तुलसा खडकालाई स्थानिय तहको निर्वाचनमा भोट हाल्न भनि बैशाख २६ गते इटहरी बालग्रामबाट चिसापानी खोटाङ लिई गएकोमा बराहपोखरी-५ स्थित दुधकोशी नदीको बगरमा कर्तब्य गरी मारी खाल्डोमा पुरी भागी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

पक्राउ परेका खडकाको कर्तब्य ज्यान सम्वन्धि कसुरमा सम्मानित जिल्ला अदालत खोटाङबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्