आफन्तको जन्मदिन मनाउन झापाबाट उर्लाबारी आएका एक पुरुष खेतमा मृत भेटिए

आफन्तको जन्मदिन मनाउन झापाबाट उर्लाबारी आएका एक पुरुष खेतमा मृत भेटिए

विराटनगर । मोरङको उर्लाबारीमा आफन्तको जन्मदिन मनाउन आएका झापाका ६६ वर्षीय नैनसिंह बिकको शव खेतमा भेटिएको छ ।
उर्लाबारी नगरपालिका–१ बयरडाँगीमा रहेका आफन्त खेमबहादुर दर्नालको घरमा आएका बिक आइतबार बिहान खेमबहादुरको घर नजिकैको खेतमा मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठका अनुसार मृतक पुरुषको घर झापाको दमक नगरपालिका–१ पर्छ । घोप्टो परेको अवस्थामा मृत भेटिएका उनको मृत्युको कारण खुलेको छैन । पोस्टमार्टमका उर्लाबारीकै मङ्गलबारे अस्पताल पठाएको प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्