आठ केजी गाँजासहित धनकुटाका तीन युवा सुन्दरहरैंचाबाट पक्राउ

आठ केजी गाँजासहित धनकुटाका तीन युवा सुन्दरहरैंचाबाट पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-५ बुढिपुल स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका-८ का ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र २९ बर्षीय बाला राई रहेका छन् । आईतबार बेलुका करिब ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८ किलोग्राम बरामद गरिए पश्चात उनीहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्