पाँचथरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु,१ जना घाईते

पाँचथरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु,१ जना घाईते

विराटनगर । पाँचथरको फाल्गुनन्द गाँउपालिका-३ पाङ्ग्रेभीर स्थित मेची राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

आईतबार बेलुका करिब ४ बजे झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे.१ ज २७८४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ७०० मिटर तल झरी दुर्घटना हुँदा कार चालक झापा जलथल-५ का ४५ बर्षीय प्रकाश बुढाथोकीको घटनाथस्लमानै मृत्यु भएको र घाईते भएका पाचँथर फालेलुङ गाँउपालिका-१ का ३५ बर्षीय भिष्म केरुङको बिएनसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्