प्रदेश १ मा भारी वर्षा : झापा, मोरङ, सुनसरीमा उच्च सतर्कता

प्रदेश १ मा भारी वर्षा : झापा, मोरङ, सुनसरीमा उच्च सतर्कता

देशभर मनसुनी वायुको प्रभाव रहँदा आज बिहान प्रदेश–१ का केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

झापा, मोरङ, सुनसरी का अधिकांश स्थानहरूमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको र थप वर्षा हुने, मेची, विरिङ, बक्राहा, लोहन्द्रा, बुढीखोला, सुनसरीखोला लगायत उक्त जिल्लाको तराई र चुरे भइ बहने साना नदीहरूमा बाढीको जोखिम; तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्