झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका ५ गोर्खाली टोल स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ बर्षीय प्रकाश राई २६ बर्षीय प्रवेश राई र ३० बर्षीय भानुभक्त सुन्दास रहेका छन् । सोमबार बेलुका करिब ६ बजे प्रकाश राईको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई उनिहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट डिजिटल तराजु सहित लागुऔषध ब्राउन सुगर २१ ग्राम ५९० मिलिग्राम बरामद गरिएको छ ।

पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्