बुढीगंगा गाउँपालिकाका विद्यालय दुईदिन बन्द

बुढीगंगा गाउँपालिकाका विद्यालय दुईदिन बन्द

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मंगलबारदेखि अबिरल वर्षा भएसँगै कतिपय विद्यालय डुबानमा परेको भन्दै शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत संजीव न्यौपानेले सतर्कता र सुरक्षित हुनका लागि नागरिकलाई आग्रह गर्दै हिउँदे-वर्षे बिदाबाट कट्टा हुने गरि दुईदिन विद्यालयमा पठनपाठन रोक्ने जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्