मोरङको लेटाङमा पत्रकारहरुलाई ३ दिने मल्टिमिडिया तालिम

मोरङको लेटाङमा पत्रकारहरुलाई ३ दिने मल्टिमिडिया तालिम

विराटनगर । पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि मोरङको लेटाङमा ३ दिने मल्टिमिडिया सम्बन्धी प्रशिक्षण सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ मोरङको आयोजना बिहीबारदेखि लेटाङस्थित कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रमा उक्त प्रशिक्षण सुरु भएको हो । बिहीबार प्रदेश १ सरकारका यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले प्रशिक्षण कार्र्यक्रमको उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले डिजिटल ज्ञानको अभावमा सञ्चार क्षेत्र पछि पर्दै गएको भन्दै महासंघद्वारा आयोजित प्रशिक्षण उपलब्धिमुलक हुने विश्वास व्यक्त गरे । सुशासन र वित्तीय पारदर्शीता कायम गर्नका निम्त्ति मल्टिमिडिया क्षेत्रमा पनि पत्रकारहरुको पहुँच बलियो हुनुपर्ने उनले बताए । उनले भने, ‘प्रतिस्पर्धा र पारदर्शीताका निम्त्ति डिजिटल प्रणालीमा पत्रकारहरुको राम्रो दखल हुनु आवश्यक छ ।’

व्यावसायिक पत्रकारिताको विकासका लागि मल्टिमिडिया पनि बलियो हुनुपर्ने महासंघले जनाएको छ । बिहीबारदेखि सुरु भएको तालिममा जिल्लाभरका ५० भन्दा पत्रकारहरुको सहभागिता छ । तालिम भने शनिबार सम्पन्न हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्