विराटनगर । जीवन विकास समाजले १९ औँ राष्ट्रिय धान दिवसको अवसरमा “ कृषि तथा खाद्यान्नमा आत्मनिर्भर अभियान” भन्ने नाराका साथ रंगेली नगरपालिका २,लाटा मोरङ´ सामुहिक रोपाई गरि राष्ट्रिय धान दिवस मनाएको छ ।
“गरिब मूक्त नेपाल र खाद्यान्नमा आत्मनिर्भर” बनाउने उदेश्यले लामो समयदेखि बाँझो रहेको एक सय बिघा जग्गा भाडामा लिएर उपयोग गरिरहेको छ ।
भबिष्यमा अझ धेरै खाली जग्गालाई उपयोगमा ल्याउने योजना रहेको जानकारी जीवन विकास समाज कृषि प्राबिधिक कला बिष्टले जानकारी दिनुभयो ।
परम्परागत खेती प्रणालीबाट गरिब किसानले सोचे जस्तो प्रतिफल पाउन नसकेको हुनाले हाल कृषि मेसिनहरु सहुलियत दरमा गरिब किसानहरुलाई भाडामा दिनको लागी कष्टम हायरिé सेवा समेत संचालनमा ल्याएको हो ।
हाल मोरङ जिल्ला अन्र्तगत थलाह, रंगेली, दादरबैरिया, सोराभाग, डकुवाडागामा कृषि यान्त्रिकरण गर्दै धान, मकै, गहुँ, तेलहन, दलहनबाली , फलफूल तथा तरकारी खेती गरिरहेको छ ।
१९ औँ राष्ट्रिय धान दिवसको कार्यक्रममा उपस्थित व्यक्तिहरुले सामुहिक रुपमा एक अर्कोलाई हिलो छयाप्दै दही–चिउरा खाएर सामुहिक रोपाई कार्यक्रम भव्यताकासाथ सम्मपन्न भएको छ ।