जोखिम क्षेत्रको नक्साङकन अन्तिम चरणमा : मन्त्री कार्की

जोखिम क्षेत्रको नक्साङकन अन्तिम चरणमा : मन्त्री कार्की

सुनसरी । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपुर्व नै नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङकनको काम अन्तिम चरणमा पूर्याएको बताउनुभएको छ । बिहीबार सुनसरी चतरामा आयोजित विपदका समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रममा मन्त्री कार्कीले सधैँको वर्षा पछि आउने समस्यालाई समाधान गर्नका लागि सरकारले बजेटको व्यवस्थापन गरेर काम गरेको बताएका हुन् ।

मन्त्री कार्कीले विपद्का वेला हरेक नागरिकको जिम्मेवारी उत्तिकै रहने भएकाले विपद्का बेला श्रोत साधनसहित मानसिक रूपमा तयार जनशक्ति उत्पादन गर्ने उल्लेख गरे । ‘पहिले पहिले पनि बाढी आउँथ्यो, आगलागी हुन्थ्यो तर समाजकै जनशक्ति कसैले त्यो नियन्त्रण हुने हुन्थ्यो । उहाँले भन्नुभयो, अहिले कहीँ विपद् प¥यो भने, मान्छे मोबाइल निकाल्छ फोटो खिच्छ, फेसबुकमा हाल्छ अनि सुरक्षाकर्मी, नेता खोइ ? भन्दै प्रश्न गर्न थाल्छ ।’

समाजमा सबै जिम्मेवार भएर काम गर्नुपर्नेमा उहाँको जोड छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको बताए । विपत्लाई रोक्नका लागि विपत हुनुभन्दा अगाडि हुने विकाश निर्माणका काम गर्दा समेत भू बनोट अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
देख्दा यथार्थ जस्तै लाग्ने अभ्यास मन्त्रालयले सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चतरामा आयोजना गरेको हो । अभ्यासमा विपद्का बेला हुने घटनालाई अभ्यासमार्फत चित्रण गर्दै उद्धारको काम गरेका थिए । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की सहित तिन वटै सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यसैगरी मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईलाई लक्षित गरी उद्धार सामाग्री जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको छ । रंगेलीलाई बेस बनाएर चार पालिकामा समस्या पर्दा उद्धार गर्ने गरि सामाग्री उपलब्ध गराइएको हो । सामाग्री पाएपछि इलाका प्रहरी कार्यालय रंगेली र सशस्त्र प्रहरी बलले बिहीबार नै उद्धार अभ्यास गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्