डाक्टर भन्दै मोवायल ठगी गर्ने एकजना पक्राउ

डाक्टर भन्दै मोवायल ठगी गर्ने एकजना पक्राउ

इटहरी । आफू डाक्टर भएको बताउँदै सुनसरीको इटहरी–६ स्थित मेरो कम्युनिकेशन मोवाइल पसललाई ठगी गरेको आरोपमा एकजनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । बाँकीको नेपालगञ्ज–२ घर भएका ४२ वर्षीय सन्तोष शर्मालाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ गरेको हो ।

उनले दिपक कायस्थले सञ्चालन गरेको मोवायल पसलमा गई आफू इटहरीको ओमसाई मनकामना आरोग्य सेन्टरको डाक्टर भएको बताउँदै मोवायल खरिद गरेका थिए । बिल काटिसकेपछि आफूसँग साथमा पैसा नभएको बताउँदै उनले सञ्चालकलाई अस्पतालमा लिएर गएका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर बस्नेतका अनुसार अस्पताल पुगेपछि पसल सञ्चाकलाई एउटा कोठामा बस्दै गर्न भनेर उनी पैसा लिन भन्दै गएका थिए । त्यहाँबाट फरार भएका उनलाई असार १५ गते साँझ इटहरी–२० तरहराबाट पक्राउ गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिएका हुन् । उनलाई ठगी गरेको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्