झापाका दुई हजार ३४३ उम्मेद्वारले बुझाएनन् निर्वाचन खर्च विवरण

<span class='c1'>झापाका दुई हजार ३४३ उम्मेद्वारले</span> <span class='c2'>बुझाएनन् निर्वाचन खर्च विवरण</span>

झापा । स्थानीय तह निर्वाचन भएको डेढ महिना वितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेद्वारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८६३ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएको कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेले बताउनुभयो ।

उहाँले वैशाख ३० गते भएको निर्वाचनको मतपरिणाम घोषणा भएको एक महिनाभित्रमा निर्वाचन खर्च बुझाउनु पर्ने भएता पनि अझै नबुझाएको जानकारी दिनुभयो । उहाँले जिसस बाहेकका सबै उम्मेद्वारहरुले विवरण बुझाउन म्याद समेत सकिन लागेको बताउनुभयो । सूचना अधिकारी न्यौपानेले तोकिएको समय भित्र ठूला दलहरुले बुझाए पनि निर्वाचनमा पराजित हुने र स्वतन्त्रबाट उम्मेद्वार बनेकाहरुको विवरण आउन बाँकी रहेको बताउनुभयो । उहाँले हाल मतदाता नामावली दर्ता गर्नेहरुको कार्यालयमा भीड भएका कारण कुन पालिकाका कतिले बुझाए भन्ने तथ्याङ्क छुट्याउन नसकेको बताउनुभयो ।

उहाँका अनुसार नगर प्रमुख, उपप्रमुख पदका उम्मेद्वार बनेकाहरुले चार लाख ५० हजार, वडाध्यक्षलगायतले दुई लाख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले तीन लाख ५० हजार र अन्यले एक लाख ५० हजारसम्म खर्च गर्न पाइने आयोगले व्यवस्था गरेका थियो । आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाउने व्यक्तिलाई आगामी कुनै पनि निर्वाचनमा उम्मेद्वार बन्न नपाउने गरी कारवाही गर्न सक्ने प्रावधान छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्