विराटनगर । झापाको कनकाई नगरपालिका ८ स्थितमा रहेको पिकनिक स्पोटमा घुम्न आएका बालकको खोलाले बगाएर मृत्यु भएको छ ।
मृत्यु हुनेमा विर्तामोड नगरपालिका १ अतिथि सदन टोल बस्ने नविन ओलिको ६ बर्षीय छोरा सर्वजित ओली रहेका छन् । शुक्रबार दिउँसो १ बजे बुबासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराई बेपत्ता भएका थिए । हराएका बालकको खोजतलास गर्ने क्रममा हराएको स्थानबाट ५०० मिटर दक्षीणमा बालकको मृत अवस्थामा भेटिएको थियो। घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको जनाएको छ।