रंगेलीमा श्रीमतीलाई आगो लगाएर हत्या आरोपमा श्रीमान् पक्राउ

<span class='c1'>रंगेलीमा श्रीमतीलाई आगो लगाएर</span> <span class='c2'>हत्या आरोपमा श्रीमान् पक्राउ</span>

विराटनगर । घरायसी विवादका कारण आफ्नै श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा मोरङको रंगेली–१ बिर्ताबजारका तिलका मल्लिकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । शुक्रबार राती १० बजे श्रीमती बबिता मल्लिकलाई मट्टीतेल छर्केर आगो लगाएर फरार रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

श्रीमतीलाई आगो लगाएर फरार भएका मल्लिकको घर समेत जलेको थियो । सिकिस्त घाइते ३१ वर्षीया बबिताको कोशी अस्पताल विराटनगरमा शनिबार बिहान ६ बजे मृत्यु भएको थियो । यसैगरी घरजल्दा दुईलाख बराबरको क्षति पुगेको थियो ।

घरमा आगलागी भएपछि प्रहरी र स्थानीवासी भएर आगो नियन्त्रणमा लिइएको थियो । घटनापछि फरार रहेका श्रीमान्लाई प्रहरीले खोजी गरेर नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्