सहकारीको छ्यालिस लाख अपचलन गरेको आरोपमा कर्मचारी पक्राउ

सहकारीको छ्यालिस लाख अपचलन गरेको आरोपमा कर्मचारी पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा–७ गोठगाउँस्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताको रकम ४६ लाख ८७ हजार ९८५ रुपिँया हिनामिना आरोपमा सुन्दरहरैंचा–७ का २४ वर्षीय दिलिप खवासलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार सहकारीको सेवा केन्द्रमा कार्यरत कर्मचारी खवासले रकम हिनामिना गरेको आन्तरिक छानविनबाट खुलेपछि सञ्चालक समितिकै उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो ।
रकम हिनामिना गरेको छानविनका लागि सञ्चालक समितिका सचिव यमप्रसाद सिग्देलको संयोजकत्वमा लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख बिराटचन्द्र पोख्रेल सम्मिलित छानविन समिति गठन गरिएको थियो । समितिले छानविनका दौरानमा खवाससँग गरेको सोधपुछमा उनले ३१ लाख रुपिँया हिनामिना गरेको स्वीकार गरेका थिए । तर, आन्तरिक छानविनका क्रममा सहकारीको ४६ लाखभन्दा बढी रकम गायब भएको छ ।

खवासलाई सञ्चालक समितिको उजुरीका आधारमा गत शुक्रबार नै नियन्त्रणमा लिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । हाल इलाका प्रहरी कार्यालय बेलबारीले रकम हिनामिना बारे थप अनुसन्धान गरिरहेको छ । उनलाई सहकारी कसुर सम्बन्धि मुद्दामा अनुसन्धान हुनेछ ।
बचतकर्ताको हस्ताक्षर आफैं गरेर रकम झिक्ने गरेको खुलेको छ । नक्कली कागजात खडा गरेर कम्प्यूटर सफ्टवेयरमा इन्ट्रिनगरी रकम झिकेर हिनामिना गर्दै आएको खुलेको हो ।
सहकारीका ६ वटा सेवाकेन्द्र रहेका छन् । आठ हजार शेयर सदस्य रहेका सहकारीमा सुुन्दरहरैंचा कार्यक्षेत्र भएका ८ सहकारी २०७७ असार १९ गते मर्ज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्