विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-३ सिघिया स्थित नहरको पानीमा डुवी १ जनाको मृत्यु भएको छ ।
आईतबार दिउँसो पौने १२ बजे स्थानीय ५० बर्षीय महमत मियाँ नहरमा हात खुट्टा धुने क्रममा लडी पानीमा डुबेका थिए । उनलाई पानीमा डुवेको अवस्थामा स्थानीयले उद्दार गरी उपचारको लागी जिल्ला अस्पताल ईनरुवा लगेकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो ।
घटना बारेमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।
फोटो:फाईल