रतुवामाईमा पानी जमेको खाल्डोमा महिलाको शव फेला

रतुवामाईमा पानी जमेको खाल्डोमा महिलाको शव फेला

विराटनगर । रतुवामाईमा पानी जमेको कल्भटको खाल्डोमा महिलाको शव फेला परेको छ ।

रतुवामाई नगरपालिका-२ क्यापटोला स्थित कल्भटको पानी जमेको खाल्डोभित्र सोमबार बिहान महिला घोप्टो परी मृत अवस्थामा शव फेला परेको हो ।

अन्दाजी २५/२६ वर्षीया महिलाको पहिचान भने खुलेको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले घटना बारेमा अनुसन्धान सुरु गरेको बताउनु भयो ।

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्