विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुह आरआइटीबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सम्मानित जिल्ला अदालत सुनसरीको २०७८।०३।२२ गतेको फैसलाले मानब बेचबिखन ओसारपसार मुद्धामा १० बर्ष कैद र ५० हजार रुपैया जरिवाना असुल गर्न बाँकी रहेकी सुनसरी धरान-१६ की ४६ बर्षीया सरिता भन्ने कृष्ण कुमारी लिम्बु लाई खोजतलास गर्ने क्रममा गाउँघरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरीएको हो । पक्राउ परेकी लिम्बुलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको हो ।