जहदामा जन्तीमाथि स्थानीयको आक्रमण, तीनजना घाईते

जहदामा जन्तीमाथि स्थानीयको आक्रमण, तीनजना घाईते

विराटनगर । मोरङको जहदा गाउँपालिकामा जन्ती आएकाहरुमाथि स्थानीयले आक्रमण गर्दा तीनजना घाइते भएका छन् । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियाबाट जहदा गाउँपालिका–२ मझारेमा जन्ती आएकालाई मंगलबार स्थानीयले आक्रमण गरेका हुन् ।

आक्रमणबाट सुनवर्षी–९ का २३ वर्षीय मिथिलेश झा, रोहित सिंह गन्गाई मन्डल र प्रकाश साह घाइते भएका छन् । उनीहरुमध्ये झाको मुखमा, मण्डलको खुट्टामा र साहको शरिरमा चोट लागेको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
आक्रमणमा संलग्न आरोपमा प्रहरीले जहदा गाउँपालिका–२ का २३ वर्षीय विकास मन्डल गन्गाई र कटहरी गाउँपालिका–२ कदमगाछीका श्याम यादवलाई नियन्त्रणमा लिइएको छ ।

जहदा गाउँपालिका–२ मझारे स्थित बुदन गन्गाई मण्डलको घरमा हुने विवाहका लागि बेहुला लिएर आएका जन्ति पक्षको समूहलाई विकास र श्यामसहित धिरज मण्डल, दिपक पासवान, विश्वजित मण्डल, दिपेन मण्डलसहितको समूहले आक्रमण गरेको थियो ।

आक्रमणमा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरिएपनि बाँकी भने फरार भएका छन् । प्रहरीले घाइतेको उपचारमा सहयोगसँगै फरारको खोजी तिव्र पारेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी उक्त घटनामा को १८ प ७५४१ नम्बरको एकथान मोटरसाइकल समेत जलाइएको छ । विवाह घरभन्दा दुई किलोमिटर वरै स्थानीय र जन्तीपक्षबीच झगडा भएको थियो । त्यस क्रममा दोहोरो हानाहान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्