दमक । झापामा पछिल्लो पाँच दिनको अन्तरमा दुई वटा हात्ती मृत फेला परेका छन् । असार १७ गते बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा र बुधबार अर्जुनधारा नगरपालिका–५ मा अर्को हात्ती मृत भेटिएको हो ।
दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको हो । असार १७ गते पनि दाह्रे हात्ती नै मृत भेटिएको थियो । दुवै हात्तीको मृत्युको कारण खुल्न सकेको छैन ।