सोलुखुम्बुमा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु

सोलुखुम्बुमा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु

साेलुखुम्बु । सोलुखुम्बुमा चट्याङ लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय बालक सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुहार मंगलबार साँझ पानी सँगै परेको चट्याङका कारण तामाङको घटनास्थलमै मृत्यु भएको हो भने उनको आमा ताकमाया घाइते भएकी छिन् । माइतीघर हिँडेकी आमासँगै रहेका बालक पानी परेका कारण घरको पेटीमा ओत लागेर बसिरहेको अवस्थामा चट्याङ लागेर बालक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्