जहदाकाे सिंघिया खोलामा पुरुषको शव फेला

<span class='c1'>जहदाकाे सिंघिया खोलामा</span> <span class='c2'>पुरुषको शव फेला</span>

विराटनगर । जहदा गाउँपालिका–३ हात्तीबन्दामा सिंघिया खोलामा पुरुषको शव फेला परेको छ ।

आज बिहान अन्दाजी ३५-३६ वर्षीय पुरुषको शव फेला परेकाे हाे । मृतकको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सिंघिया खोलाले बगाएर मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा पुर्याएको अवस्थामा शव फेला परेको हो ।

खोलामा शव देखेपछि स्थानीयले बिहिबार बिहान प्रहरीलाई खबर गरेका थिए । सडेर दुर्गन्ध फैलिएको अवस्थामा शव भेटिएको डिएसपी श्रेष्ठले आवर विराटनगरलाई बताए ।

मृतकको पहिचान गर्ने प्रयास भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्