झापाबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

<span class='c1'>झापाबाट लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । झापाको झापा गाउँपालिका-३ स्थितबाट प्रहरीले लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका-३ का २२ बर्षीय फरमान अली र झापा गाउपालिका-४ का ३२ बर्षीय मनोज गणेश रहेका छन् । बिहिबार दिउँसो ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा उनीहरुको साथबाट १३ ग्राम ब्राउनसुगर, डिजिटल तराजु १ थान बरामद गरेको हो ।

ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्