विराटनगर । झापाको कन्काई नगरपालिका-३ एकान्त टोल भित्री सडक खण्ड स्थितमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१.त ७८३१ नम्बरको ट्याकटरले रोकी रहेको मे.१.ह ६९६० नम्बरको अटोलाई ठक्कर दिँई दुर्घटना हुँदा अटोमा सवार झापा कन्काइ नगरपालिका-३ की ३४ बर्षीया कमला नेपालको टाउँकोमा चोट लागी घाईते भएकोमा उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएको थियो ।
घाईते भएकी नेपालको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । ट्याक्टर र चालक कन्काई नगरपालिका-७ बस्ने २४ बर्षीय यतुवा मर्डीलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको जनाएको छ ।