सुनसरीको बराहक्षेत्रबाट १२२ केजी गाँजा बरामद

<span class='c1'>सुनसरीको बराहक्षेत्रबाट १२२</span> <span class='c2'>केजी गाँजा बरामद</span>

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ सिसौली स्थितबाट प्रहरीले अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।

आईतबार बिहान करिब ३ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले सप्तकोशी नदीको दुईवटा भङ्गालो बिच टापुमा लुकाई छिपाई राखेको अवस्थामा १२२ किलोग्राम (५ बोरा) अवैध लागुऔषध गाँजा फेला पारेको हो ।

उक्त फेला परेको गाँजालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई राखिएको र ओसार पसारमा समलग्न ब्यक्तिहरुको खोजतलास तथा अन्य अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्