बलात्कार गरेको आरोपमा धनकुटा सहिदभूमी गाउँपालीकाका वडाध्यक्ष पक्राउ

बलात्कार गरेको आरोपमा धनकुटा सहिदभूमी गाउँपालीकाका वडाध्यक्ष पक्राउ

धनकुटा । युवतीमाथि बलात्कार गरेको आरोपमा धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं.५ खोकुका वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।

आफूमाथि जबरजस्ती करणी भएको भन्दै युवतीले उजुरी दिएपछि शनिबारराती प्रहरीले वडाध्यक्ष राईलाई पक्राउ गरेको हो । शनिवार उजुरी परेपछि वडाध्यक्ष राईलाई धनकुटा बजार क्षेत्रबाट राती करिब ११ बजे पक्राउ गरिएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले बताए । ‘असार २४ गते होटलमा पुर्याएर बन्धक बनाई आफूमाथि बलात्कार गरेको भन्दै युवतीले उजुरी दिएपछि वडाध्यक्ष राईलाई पक्राउ गरेका छौं,’ डीएसपी दाहालले भने, ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।’

धनकुटा खोकुका ३१ वर्षीय वडाध्यक्ष राईले सहिदभूमिकै २३ बर्षीया युवतीलाई तेह्रथुमको बसन्तपुरस्थित ताप्लेजुङ होटलमा पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोप छ । हिले घुम्न जाउँ भनी बोलाएर बसन्तपुर पुर्याई राती होटलमै बन्धक शैलीमा राखेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।
ती युवती हिलेसम्म आफ्नै स्कूटरमा पुगेकी थिइन् । हिलेमै स्कुटर राखेर उनीहरु बसन्तपुर पुगेका हुन् । साँझ घर फर्कन ढिलो हुने भन्दै वडाध्यक्ष राईले राती आफूलाई बन्धक शैलीमा होटलमै राखेर बलात्कार गरेको युवतीले आरोप लगाएकी छन् ।

पक्राउ परेका वडाध्यक्ष राई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्