सुनसरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु,१ घाईते

सुनसरीमा सवारी दुर्घटना हुँदा  १ जनाको मृत्यु,१ घाईते

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-४ स्थित भित्रि सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ भने १ घाईते भएका छन् ।

आइतबार दिउँसो करिब ४ बजे को.२ त २१५८ नम्वरको ट्रयाक्टरले बिपरित दिशाबाट आउदै गरेको को.२८ प ९३९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रहेकि देवानगंज गाउँपालिका-४ कि ५५ बर्षीया जयमुन खातुनको घटनास्थलमै मृत्यु भएको र मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय जुमरात मियाँ घाईते भएकोमा जिल्ला अस्पताल ईनरुवामा उपचार भईरहेको छ भने ठक्कर दिने सवारी साधन र चालक ४६ बर्षीय शुभका मोचीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिईको छ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्