मनमोहन विश्वविद्यालयमा ईन्जिनियरिङको स्नातक पढाई सुरु

मनमोहन विश्वविद्यालयमा ईन्जिनियरिङको स्नातक पढाई सुरु

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयमा ईन्जिनियरिङको चारवर्षे स्नातक पढाई सुरु भएको छ । प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढा स्थापना गरेको देशकै पहिलो प्राबिधिक विश्वविद्यालयले सोमबारदेखी पहिलो शैक्षिक सत्र ईन्जिनियरिङ स्कुलतर्फको चारबर्षे स्नातक तहको पढाई सुरु गरेको हो ।

सिभिल, ईलेक्ट्रिक र ईलेक्ट्रिोनिक्सतर्फ स्नातक तहमा सुरु भएको पहिलो शैक्षिक सत्रमा जम्मा ४८ जना विद्यार्थीहरुले भर्ना भएका छन् । पहिलो शेक्षिक सत्रमा भर्ना हुन पाँच सय बढी बिद्यार्थीले आवेदन दिएका थिए । विश्विद्यालयको क्षमताको सिट संख्या र मापदण्ड अनुसार ४८ जनाले मात्र पढने अवसर पाएको ईन्जिनियरिङ संकायका डिन डा प्रचण्डमान प्रधानले बताए ।

उपकुलपति डा. सुवासश्री पोख्रेलका अनुसार विश्विद्यालयले चाँडै नै हेल्थ साईन्सको स्नातक तथा ईन्जिनियरिङतर्फको स्नातकोत्तर तहका कार्यक्रमहरू शुरू गर्नेछ । देशमा दक्ष प्राबिधिक जनशक्त्ति उत्पादन गर्न प्रदेश नं. १ सरकारले प्रदेश सभाबाट स्वायत्त कानुन निर्माण गरेर १६ असोज २०७६ प्रदेश राजपत्रमा सूचनाप्रकाशन गरी मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको हो ।

यस विश्वविद्यालयमा स्कुलअफ इन्जिनियरिङ्ग, स्कुलअफ एप्लाईड साइन्स एण्ड टेक्नोलोजी र स्कूलअफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज गरि तीन वटा संकाय सञ्चालन हुनेछन । मनमोहन प्राबिधिक विश्वविद्यालयले भावी दशबर्षे शैक्षिक कार्ययोजना बनाएर विभिन्न विषयका पाठ्यक्रमहरूतर्जूमा गरिसकेको छ । तीन वटा स्कूलहरु अन्तर्गत दशवर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारधी ९पिएचडी० गरी २८ वटा विभिन्न विषयहरु सञ्चालनगर्ने विश्विद्यालयको लक्ष्य रहेको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्