सुनसरीमा आइतबारदेखि हराएका दुईजना मृत अवस्थामा फेला

सुनसरीमा आइतबारदेखि हराएका दुईजना मृत अवस्थामा फेला

इनरुवा । सुनसरीमा आइतबारदेखि हराएका दुईजना छुट्टाछुट्टै स्थानमा मृतावस्थामा आज फेला परेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोकका पपुलाल उराँवका छोरा पाँच वर्षीय आकाश उराँव घर नजिकैको बाहुनी खोलामा मृतावस्थामा फेला परेका छन् । आइतबार दिउँसोदेखि घरबाट हराएको खोजी गर्ने क्रममा सोमबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

त्यसैगरी इनरुवा–२ रामजानकी टोलका ६५ वर्षीय गङ्गाराम मण्डल घर नजिकैको नहरमा मृतावस्थामा फेला परेका छन् । आइतबार बेलुकीदेखि घरबाट हराएका मण्डलको खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ भने शवपरीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्