सुनसरीको रामधुनीमा छुरा प्रहारबाट १ जनाको मृत्यु, घटनामा संग्लग्न पक्राउ

सुनसरीको रामधुनीमा छुरा प्रहारबाट १ जनाको मृत्यु, घटनामा संग्लग्न पक्राउ

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-६ सुवानाका १६ बर्षीय बालकलाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा स्थानीय १७ बर्षीय एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान करिब ७ बजेको समयमा घरैमा सुतिरहेका चन्द्र सदाको १६ बर्षीय छोरा बिबेक सदालाई १७ बर्षीय बालकले सुतिरहेकै स्थानमा गई पेटमा छुरा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागी बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारको क्रममा बिहान ८ बजे मृत्यु भएको थियो ।

घटनामा संग्लग्न रहेका बालकलाई घटनामा प्रयोग भएको छुरा सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्