सुनसरीको बराहक्षेत्रमा मादक पदार्थ सेवन गर्दा विवाद पछि हत्या

<span class='c1'>सुनसरीको बराहक्षेत्रमा मादक पदार्थ सेवन</span> <span class='c2'>गर्दा विवाद पछि हत्या</span>

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ मुनाल चोक बस्ने ४० वर्षीय आषिश दर्जीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय सबिन तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी दर्जी र तामाङ बीच झैझगडा हुँदा तामाङले दर्जीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । साथै घाइतेलाई उपचारका लागि धरान स्थित घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा दर्जीको मृत्यु भएको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्