ब्राउनसुगरसहित पथरीका थापा पक्राउ

<span class='c1'>ब्राउनसुगरसहित पथरीका</span> <span class='c2'>थापा पक्राउ</span>

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बाट लागुऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राती साढे ९ बजे पथरीशनिश्चरे–१ का ३६ बर्षीय बिरबहादुर थपालाई पक्राउ गरेको हो ।

थापाले घरमा ब्राउन सुगर बिक्रि गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले कोठामा लुकाई राखेको २ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका थापाको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्