आरोप मोवायल चोरी, बरामद ८० राउण्ड गोली

आरोप मोवायल चोरी, बरामद ८० राउण्ड गोली

बिर्तामोड । झापाको भद्रपुर नगरपालिका–५ का १८ बर्षीय मोहम्बद प्यारेले असार २४ गते राती मोवायल पसलमा चोरीको आरोप लाग्यो । उनलाई प्रहरीले त्यहि आरोपमा पक्राउ पनि ग¥यो ।मोवायल चोरीको आरोपमा पक्राउ परेका उनको साथबाट बरामद भने पेस्तोलमा लाग्ने ८० राउण्ड गोली बरामद भयो । पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट विभिन्न सामान चोरी भएको थियो ।

पसल भित्र रहेका बिभिन्न कम्पनिका मोबायल –२९ थान, घडी २ थान र नगद रु ६१ हजार ५०० समेत गरि ५ लाख ८ हजार दुई सय मूल्य बराबरको चोरी भएको थियो । चोरी भएको भनी जानकारी पाए लगत्तै चोरीमा संग्लग्न ब्यक्तिको खोजतलासमा खटिएको प्रहरी टोलीले प्यारेलाई मंंगलबार राती पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्तिलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएका मध्ये एकथान मोवायल, मोवायलको चार्जर २७ थान बरामद भएको थियो ।

आरोपित प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली समेत त्यस क्रममा बरामद भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिनुभयो । प्यारेले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद भएको थियो । घटाना सम्बन्धमा अन्य थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय झापाले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्