पुराना पत्रकार यादवलाई हृदयघात

पुराना पत्रकार यादवलाई हृदयघात

विराटनगर । विराटनगर कार्यक्षेत्र बनाएर पत्रकारिता गरेका रामरिझन यादवलाई हृदयघात भएको छ । जसपाका नेता समेत रहेका यादवलाई हृदयघात भएको हो ।

विराटनगर–१० घरमा बस्दै आएका उनलाई एकहप्ता अगाडि हृदयघात भएको थियो । विराटनगरमा प्रारम्भिक उपचार गरिए पनि पछि काठमाडौ त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना गरिएको छ ।

यादवको बिहीबार शिक्षण अस्पताल महाराजगन्जमा मुटुको शल्यक्रिया (ओपन हर्ट सर्जरी) गरिने तय भएको पारिवारिक स्रोतले बताएको छ । यादव डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको प्रेस सल्लाहकार भएका थिए । उनी अहिले पनि सञ्चारमाध्यममा स्तम्भ लेख्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्