झापाको भद्रपुरबाट मोबाईल चोरीमा संलग्न व्यक्ति ८० राउण्ड गोली सहित पक्राउ

झापाको भद्रपुरबाट मोबाईल चोरीमा संलग्न व्यक्ति ८० राउण्ड गोली सहित पक्राउ

झापा । झापाको भद्रपुर नगरपालिका ५ बाट मोबाईल चोरीको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

१८ बर्षीय मोहम्मद प्यारेलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद गरेको छ । गत असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाईल पसलबाट प्यारेले विभिन्न कम्पनीका २९ थान मोबाईल, २ थान घडी र नगद रु ६१ हजार ५०० गरी कुल ५ लाख १८ हजार २०० मुल्य बराबरको सामान चोरी गरेका थिए । उनलाई असार २८ गते राती प्रहरीले पक्राउ गरेको हो । सोधपुछ र अनुसन्धानको क्रममा चोरी भएकामध्ये १ थान मोबाईल, मोबाईलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्