विराटनगर । सुनवर्षी नगरपालिका ८ नेपाल चौक छेउबाट लागुऔषध सहित दुई जना पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका ५ का २१ बर्षीय विष्णु रिषिदेव र २० बर्षीय अभिषेक रिषिदेव रहेका छन् । बिहिबार राती करिब ९:३० बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले साईकलमा सवार रहेका उनीहरुलाई लागुऔषध नाइट्राजेपाम-१० - १५ ट्याब्लेट र ट्रामाडोल नामक नियन्त्रित औषधी १५० क्यापसुल सहित पक्राउ गरिएको हो ।
घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।