सुनसरी देवानगन्जबाट ३० लाख बराबरको लत्ता कपडा बरामद

सुनसरी देवानगन्जबाट ३० लाख बराबरको लत्ता कपडा बरामद

विराटनगर । सुनसरी देवानगन्ज गाउँपालिका वडा नम्बर ७ पक्की टोल स्थितबाट भन्सार छलि ल्याईएको ३० लाख बराबरको लत्ता कपडा गाडी सहित बरामद गरिएको छ ।

शुक्रबार बिहान २ बजे १ नं. प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह (आरआइटी) बाट खटिएको प्रहरी टोलीले को१ख २१२९ नम्बरको मिनी ट्रकमा लोड गरी ल्याउदै गरेको अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न बितिक्कै चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।

बरामद भएको लत्ता कपडा र गाडी कानुनि प्रकृया पुरा गरी आवश्यक कारवाहीको लागी सुनसरी भन्सार कार्यालय कोशीब्यारेजमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्