विराटनगर । झापाको भद्रपुर नगरपालिका-३ धिमेलधुरा बस्ने सितु सापकोटाको ११ बर्षीय छोरा ईश्वर सापकोटाको खोलामा डुबेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका करिब ५:३० बजे सोही स्थानमा रहेको देउनिया खोलामा नुहाउने क्रममा खोलामा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका बालकको ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले स्थानियबासीहरुको सहयोगमा खोजतलास गर्ने क्रममा खोला किनारमा निज बालकको मृत अबस्थामा फेला परेको हो ।
घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।