विराटनगर । झापाका दुई छुट्टाछुट्टै स्थानबाट शनिवार राती अन्दाजी ६ लाख ५० हजार भन्दा बढीको अबैध समान बरामद भएको छ ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार राती करिब १० बजे झापाको मेचीनगर नगरपालिका-६ बाट नेपालबाट भारत तर्फ लैजाँदै गरेको ५ बोरा सुपारी र भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको ४ पोका बिभिन्न किसिमका कपडा गरी अन्दाजी ४ लाख बराबरको समान बरामद गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिवार राती करिब १२:३० बजे भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको करिव २ लाख ७५ हजार बराबरको लत्ता कपडा बरामद गरेको छ ।
अबैध रुपमा समान बराद भएसंगै आवश्यक कारवाहीको लागी मेची भन्सार बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।