ईनरुवामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

ईनरुवामा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका-४ बसचोकमा सोमवार बेलुका भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ग १ क ८४५ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को १० प ३३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा घाईते भएका मोटरसाईकल चालक ईनरुवा नगरपालिका-३ का २७ बर्षीय श्याम सुन्दर यादवलाई उपचारको लागी जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्