उदयपुरबाट प्रतिबन्धित लागुऔषध गाँजा सहित १ जना पक्राउ

<span class='c1'>उदयपुरबाट प्रतिबन्धित लागुऔषध गाँजा</span> <span class='c2'>सहित १ जना पक्राउ</span>

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बाट प्रतिबन्धीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका-६ का ३४ बर्षीय बिनेश राई रहेका छन् । लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले रामपुरबाट स ३ प ३६०३ नम्बरको मोटरसाईकलमा फत्तेपुर तर्फ जाँदै गरेका राईलाई रोकेर चेकजाँच गर्ने क्रममा निजको साथबाट ५ केजी गाँजा बरामद भएको थियो। लागुऔषध सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्